सप्तकोशीमा अत्यधिक बहाव, ५६ वटै ढोका खोलियो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २९, सोमबार (१ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

साउन २९, राजविराज । निरन्तरको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएको छ । आइतबार राति ३ बजे कोशी ब्यारेज भएर ४ लाख ६२ हजार ३ सय ९५ क्युसेक पानी प्रति सेकेन्डका दरले बहाव भएको थियो । सोमबार बिहान ८ बजेको मापन अनुसार कोशी ब्यारेज भएर ४ लाख ३९ हजार ३ सय ९५ क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको छ ।

पानीको बहाव अत्यधिक भएपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । बिहानबाट पानीको सतह केही घट्न थालेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस