विषालु च्याउको तरकारी खाँदा एकै परिवारका तीन जना बिरामी

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० श्रावण ३०, मंगलबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन २९,काठमाडौँ । दाङमा विषालु च्याउको तरकारी खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् ।

वनबाट ल्याएको च्याउको तरकारी खाँदा दाङको बङ्गलाचुली गाउँपालिका(४ का मैकुटीका ३१ वर्षीय अजय सुनार, २७ वर्षीया ईश्वरी सुनार र ११ वर्षीया छोरी अस्मिता सुनार बिरामी परेका हुन् । च्याए खाएपछि उनीहरुलाई बान्ता हुने, चक्कर लाग्ने र पखाला लाग्ने भएको थियो ।

उनीहरुलाई बङ्गलाचुली अस्पतालमा प्राथमिक उपचारपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही रेफर गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस