सुन तस्करी प्रकरण : थप चारजना चिनियाँ नागरिक पक्राउ

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० श्रावण ३१, बुधबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन ३१, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको ६० केजी ७१६ ग्राम सुन प्रकरणमा थप चारजना चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले आज तीनजना पुरुष र एकजना महिलालाई पक्राउ गरेको हो ।

यसअघि प्रहरी हिजो पनि तीनजना चिनियाँ नागरिकलाई ३० लाख रकमसहित पक्राउ गरेको थियो । आज पक्राउ परेका चारैजना चिनियाँको नाम प्रहरीले खुलाइसकेको छैन । यो प्रकरणमा यसअघि नै १७ जना पक्राउ परिसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस