दाङमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ३२, बिहिबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

साउन ३२, घोराही । दाङमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ। बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाएर बिरामी परेकामध्ये एक जनाको मृत्यु भएको हो । जंगली च्याउ खाएर बिरामी परेकी बङ्गलाचुली गाउँपालिका ४ निवासी ११ वर्षकी अस्मिता सुनारको मृत्यु भएको वडाध्यक्ष डासबहादुर डाँगीले जानकारी दिए ।

उनका अनुसार अस्मितालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारपछि मंगलबार साँझ थप उपचारका लागि बुटवल लगिएकोमा बुटवलमा मृत्यु भएको हो । मृतक अस्मिताको आमा २७ वर्षीया ईश्वरी सुनारको पनि अवस्था गम्भीर रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस