काठमाडौँ-तराई फास्ट ट्र्याकको डिपिआर संशोधन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० श्रावण ३२, बिहिबार (१ साल अघि)
  • ३७ पटक पढिएको
Post Thumbnail

साउन ३२, काठमाण्डौँ । काठमाडौं–तराई मधेश द्रुतमार्गको डिपिआर संशोधन भएको छ । मंगलवार बसेको मन्त्रिपरिषदको बैठकले काठमाडौं–तराई–मधेश द्रुतमार्गको डिपिआर संशोधन गरेको हो । काठमाडौं–मधेश लाइफ लाइनका रुपमा रहेको द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण कार्य भइरहेको छ । २०७४ साल बैशाख २१ देखि निर्माण कार्य शुरु गरिएको काठमाडौं तराई मधेश द्रुत मार्ग हालसम्म २५.५४ प्रतिशत मात्र प्रगति भएको छ ।

डिपिआर संशोधन भएपछि लागत मुल्य पनि घट्ने भएको छ । २ खर्ब १३ अर्ब ९ करोड ५३ लाखको लागत रहेकोमा संशोधनपछि २ खर्ब ११ अर्ब ९ करोड ३० लाख आयोजनाको लागत कायम भएको छ । आयोजनामा केही सुरुङ र केही ग्यालरी सुरुङ बन्ने भएका छन् । द्रुतमार्ग २०८३ साल चैत्र मसान्तसम्म सक्ने लक्ष्य लिइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस