कैदीबन्दी मृत्यु प्रकरण : प्रहरी र चौकीदार कैदीको संलग्नता रहेको छानबिन समितिको निष्कर्ष

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र १, शुक्रबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र १, संखुवासभा । सङखुवासभास्थित जिल्ला कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा छानबिन गर्न गठित समितिले उक्त घटनामा प्रहरी र केही कैदीको संलग्नता देखिएको जनाएको छ ।

छानबिन समितिका संयोजक तथा कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेले जानकारी दिएका हुन् । यही साउन २४ गते बिहान भएको सो घटनापछि गृहमन्त्रालयअन्तर्गत कारागार विभागका निर्देशक पाण्डेको नेतृत्वमा बनेको पाँच सदस्यीय अनुसन्धान टोली बनेको थियो ।

टोली गत शुक्रबार सङ्खुवासभा आएको थियो । कारागारमा रहेका ‘सिसिटिभी फुटेज’को अध्ययन गर्दा घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नता देखिएको उनले बताए । कुटपिटमा कारागारको सुरक्षामा खटिएका केही प्रहरी र सात कैदीकोसमेत प्रत्यक्ष संलग्नता देखिएको पाण्डेले बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस