‘देशभरका ९८ प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको छ’ : कुलमान घिसिङ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र १, शुक्रबार (१ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

भाद्र १, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले सेयर निष्काशन गर्ने तयारी गरेको भन्दै प्राथमिक सेयर निष्काशनबाट संकलन गरिएको रकम ठूला जलविद्युत आयोजनाको निर्माणमा लगानी गरिने बताएका छन् ।

नेपाल विद्युत प्राधिकरणको ३८औं वार्षिकोत्सव समारोहलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै घिसिङले प्राधिकरणको सम्पूर्ण सम्पत्तिको वास्तविक मुल्यांकन गराइएको र क्रेडिट र रेटिङ गर्ने संस्था इक्रा नेपालले समग्र अवस्थाको अध्ययन गरी डबल ए प्लस रेटिङ दिएको उनले जानकारी दिए ।

उनले गुणस्तरीय र भरपर्दो विद्युत् सेवा प्रवाहका लागि वितरण प्रसारण प्रणालीको निर्माण, सबस्टेशनको निर्माण तथा आधुनिकीकरणमा जोड दिएको बताए ।
त्यस्तै घिसिङले अहिले मुलुकभरका ९८ प्रतिशत जनतामा विधुतको पहुँच पुगेको भन्दै आगामी दुई बर्षभित्रमा सत प्रतिशत जनतामा विद्युतको पहुँच पुर्‍याउने लक्ष्यका साथ अघि बढेको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस