अर्थमन्त्री महत भन्छन्-‘सीमित स्रोतसाधानका कारण सबै स्थानमा बजेट विनियोजन भएन’

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० भाद्र २, शनिबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद्र २, काठमाडौँ । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेसको लक्ष्य आर्थिक समृद्धि र नागरिकलाई सम्पन्न बनाएको बताएका छन् । शनिबार कांग्रेस काठमाडौं क्षेत्र नम्बर–३ २ को प्रदेश सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

संगठित रूपमा लागेर भ्रमपूर्ण र झुटा कुराको प्रचार गरेर सत्यलाई असत्य साबित गराउने खतरा विद्यमान रहेको उनले औंल्याए । सरकारले गरेका सही कुराको प्रचार गर्नुपर्नेमा उनको जोड छ ।

नयाँ पार्टीहरूले गरेका साना कुराको धेरै प्रचार हुने र कांग्रेसले गरेका धेरै महत्वपूर्ण कामको प्रचार हुन नसकेको उनको गुनासो छ । मन्त्री महतले सीमित साधनस्रोतका कारण सबै स्थानमा बजेट विनियोजन गर्न नसकिएको बताए । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालादेखि नै अव्यवस्थित बजेट विनियोजन गर्दा अहिले समस्या देखिएको तर्क उनको तर्क छ ।

ताजा अपडेट

खोजी गर्नुहोस