सर्वोच्च अदालतमा सिफरिस गरिने सातैजना न्यायाधीशको नाम ‘टुंगियो’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र २५, सोमबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र २५, काठमाडौँ । सर्वोच्च अदालतमा रिक्त सबै न्यायाधीश पदमा नियुत्तिका लागि सिफरिस गरिने भएको छ । न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिने सातैजनाको नाम टुंगो लागिसकेको स्रोतले बताएको छ। स्रोतका अनुसार शुक्रबार न्यायपरिषदको बैठक बसेर नाम सिफारिस गर्ने तयारी छ ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीशको दरबन्दी छ । अहिले सर्वोच्चमा प्रधानन्यायाधीशसहित १४ जना न्यायाधीश मात्र छन् । ७ जना न्यायाधीशको दरबन्दी रिक्त छ। यीमध्ये एक दरबन्दीमा उच्च अदालत पाटनका न्यायाधीश विनोद शर्मालाई सिफरिस गरिसकिएको छ ।

न्यायपरिषदले शुक्रबार बैठक बसेर बाँकी ६ जना न्यायाधीश नियुक्तिका लागि सिफरिस गर्ने तयारी गरेको छ । यसका लागि नामको समेत टुंगो लागिसकेको छ। न्यायपरिषदले ६ जनामध्ये ४ जना क्याडरबाट र २ जना कानुन व्यवसायीबाट सिफरिस गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिको लागि उच्च अदालत दिपायलका मुख्य न्यायाधीश नृपध्वज निरौला, उच्च अदालत विराटनगरका कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु, उच्च अदालत जनकपुरकी कामु मुख्य न्यायाधीश सारंगा सुवेदी, उच्च अदालत तुलसीपुरका कामु मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दको नाम छनोट गरिएको छ। यी सबै क्याडरबाट नियुक्त हुने हुन्।

यस्तै कानुन व्यवसायीबाट डिएन पराजुली र डा। विजय मिश्रको नाम सिफारिस गर्ने तयारी गरिएको स्रोतको दाबी छ। डिएन पराजुली यसअघि अघिल्लो वर्षको भदौमा पनि सिफरिसमा परेका थिए।

तर, तत्कालीन प्रतिनिधिसभाको कार्यकाल सकिएको र त्यसपछि निर्वाचित प्रतिनिधिसभामा संसदीय सुनुवाइ समिति गठन नभएका कारण संसदीय सुनुवाइ हुन नसकेपछि उनी नियुक्त हुन सकेका थिएनन्।

यसपटक उनै पराजुलीलाई फेरि सिफरिस गर्न लागिएको हो। यस्तै सिफरिस भइसकेका विनोद शर्मा पनि पराजुलीसँगै अघिल्लो पर्षको सिफरिसमा परेका तर संसदीय सुनुवाइ हुन नसकेपछि नियुक्त हुन नसकेका हुन्।

ताजा अपडेट

खोजी गर्नुहोस