वीरगञ्जबाट सशस्त्र प्रहरीद्धारा ठूलो मात्रामा भन्सार छलीको खाद्यान्न सामग्री बरामद

Post Thumbnail

दिपू वर्णवाल

भाद्र २६, वीरगञ्ज । वीरगञ्जबाट सशस्त्र प्रहरीले ठूलो मात्रमा भन्सार छलीको खाद्यान्न सामग्री बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल १३ नम्बर गण वीरगञ्जबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका – १० ठाकुरराम बहुमुखी क्याम्पस पछाडिको सिर्सिया पुल नजिकै रहेको बजरङ्ग टोलस्थित एक गोदामबाट ठूलो मात्रामा अवैध तरिकाले भारतबाट भन्सार छली गरेर ल्याइएको काजु बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा १३ नम्बर गणबाट सशस्त्र प्रहरी नायव उपरीक्षक ९डिएसपी० देवेन्द्र बहादुर सिंह र वीरगञ्ज भन्सार कार्यालयका अधिकृत दीपेन्द्र शर्मा पौडेलको कमान्डमा खटेको टोलीले मगनी राउतको घरमा रहेको गोदाममा छापामारी गरेर ८ सय किलोग्राम काजु बरामद गरिएको जनाएको छ ।राखिएको अवस्थामा काजु बरामद गरिएको डिएसपी सिंहले जानकारी दिए । बरामद काजुको अनुमानित मूल्य ७ लाख २० हजार रुपैयाँ रहेको उनले बताए ।

बरामद गरिएको काजु आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सिंहले बताए । काजु धनीको विषयमा अनुसन्धान चलिरहेको उनको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस