भूकम्पबाट एक महिलाको मृत्यु, घाइते हुनेको संख्या १५ पुग्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन १७, बुधबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असोज १७, बझाङ । बझाङमा भूकम्पपछि आएको पहिरोमा परी एक महिलाको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका(११ स्थित मयानास्थित ओखलकी करिब ४० वर्षीया गुनमति धामीको मृत्यु भएको प्रहरीले जनाएको छ । टिमुर टिप्न गएका बेला ढुंगा खसेर टाउकोमा चोट लाग्दा उनको मृत्यु भएको हो ।

त्यस्तै भूकम्पबाट घाइते हुनेको संख्या १५ पुगेको छ । ७ वर्षीय सलिना जोशीको खुट्टा र ११ वर्षीया प्रमिला जोशीको हाथ भाँचिएकाले थप उपचारको लागि जिल्ला बाहिर रेफर गरिएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस