दार्चुलाको राताकाठामा ट्रक भिरबाट खस्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन १८, बिहिबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असोज १८, दार्चुला । धनगढीबाट खाद्यान्न बोकेर गएको मिनीट्र्क बिहीबार बिहान दार्चुलामा दुर्घटना भएको हो ।

प्रहरी स्रोतका अनुसार दुहु गाउँपालिकाको वडा नम्बर २ तर्फ गैरहेको से १ ख १२५२ नम्बरको ट्रक सडकबाट करिब २५० मिटर तल राताकाठा भिरमा खसेको छ । यस्तै दुर्घटनामा एकजनाको निधन भएको बताउँदै थप विवरण संकलन गरिरहेको प्रहरीले जनाएको छ। ट्रकमा चामलसहितका सामान लगिदै थियो। सवारी चालक भने फरार छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस