गुण्डा नाइके रिगलविरूद्वको सुनुवाई सकियो, आदेश आउँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन १८, बिहिबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज १८, काठमाडौँ । बाँकेका गुण्डा नाइके रिगल भनिने योग ढकालविरूद्वको रिट निवेदनमाथिको सुनुवाई सकिएको छ ।

सर्वोच्च अदालतमा न्यायाधीस डा। मनोजकुमार शर्माको इजलासमा सुनुवाई सकिएको हो । रिगलले २०७२ सालमा नेपालगञ्जको धम्बोझी चोकमा दिउँसै खुँडा प्रहार गरी चेतन मानन्धरको हत्या गरेका थिए ।

अदालतले उनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । गत संविधान दिवसमा सरकारको सिफारिसमा रिगललाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

आदेश सुनाउन भने बाँकी छ । अदालतले आजै आदेश सुनाउने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस