बेपत्ता शिव कार्कीको विषय संसदमा उठ्यो, राजेन्द्र पाण्डेले भने–सरकारको ध्यान जाओस्

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० आश्विन २१, आईतबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

आश्विन २१,काठमाडौँ । असार ३१ गतेदेखि हराइरहेका बेनिघाट रोराङ गाँउपालिका वडा नम्बर ५ बेनिघाटमा बस्ने शिवकुमार कार्कीको विषय संसदमा उठेको छ ।

संसदमा बेपत्ता कार्कीको विषयमा बोल्दै धादिङ क्षेत्र नम्बर १ का सांसद राजेन्द्र पाण्डेले भने– ‘बेपत्ता भएका ब्यक्ति आजसम्म मरेबाँचेको थाहा छैन्,उनको हत्या नै भएको भनेर त्यहाँका स्थानीयवासी भन्ने गर्दछन्,त्यसको विषयमा राम्ररी छानबिन हुन सकिरहेको छैन्,यसबारेमा सरकारको ध्यान जाओस् ।’

सांसद पाण्डेले यसअघि पनि कार्कीको विषयमा सदरमुकाम धादिङवेशीमा प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रै र जिल्ला प्रहरी प्रमुख गौतम मिश्रसंग संयुक्त छलफलसमेत गरेका थिए । उनले घटनाको सत्यतथ्य जतिसक्दो बाहिर ल्याउन आग्रह गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस