बैतडीमा जिप दुर्घटना : एक जनाको मृत्यु, पाँच घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २, शनिबार (१ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

मंसिर २, बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । शनिबार बिहान दोगडाकेदार गाउँपालिका ८ बाट वडा नं ३ को सिल्लेगडा आउँदै गरेको से १ ज ६०३ नम्बरको बोलेरो जिप घोडेधारमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी दोगडाकेदार गाउँपालिका ८ का ३५ वर्षीय अम्मर बिष्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, डिएसपी दिपक गिरीले जानकारी दिए । घाइते हुनेमा कलावती बिष्ट, हिरा बिष्ट, रियाग बिष्ट, सुसिला बिष्ट र ६० वर्षीय पदम बिष्ट रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल बैतडी ल्याइएको छ । ग्रामिण सडकमा सवार जिप उकालोमा चड्न नसकेर पछाडि आएपछि दुर्घटना भएको बुझिएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस