दशैको सुरुवातदेखि तिहार अवधिभर १५६ वटा सवारीसाधन दुर्घटना, २३ को मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २, शनिबार (१ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

मंसिर २, हेटौँडा । बागमती प्रदेशका १० जिल्ला काठमाण्डौँ उपत्यका बाहेकमा दशैको सुरुवातदेखि तिहार अवधिभर १५६ वटा सवारीसाधन दुर्घटनामा परेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको अनुसार चार्डपर्बको समयमा भएको १५६ वटा सवारीसाधन दुर्घटनामा परि २३ जनाको मृत्यु भएको छ ।
प्रहरीले चार्डपर्ब लक्षित सुरक्षा योजना लागू गरेपनि दुर्घटनालाई भने न्यूनिकरण भने गर्न नसकेको तथ्याङ्कले जनाउछ । यो अवधिमा दुर्घटनामा परी ३५१ जना घाइते भएका छन् ।

यसै अवधिमा प्रहरीले नियम विपरित सवारी चलाउने ५९ हजार ७३२ वटा सवारीका साधनलाई कारवाही पनि गरिएको छ । १० जिल्लाको सवारी कारबाहीबाट ४ करोड ८८ लाख ५९ हजार ५०० सय रुपैयाँ जरिवाना रकम संकलन भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस