कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा, हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर ७, बिहिबार (१ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

मंसिर ७, काठमाडौँ । अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति भने देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस