दुर्गा प्रसाईं आफ्नै घरमा ‘नजरबन्द’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर ८, शुक्रबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

मंसिर ८, काठमाडौँ । मेडिकल व्यवसायी तथा गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईंलाई प्रहरीले घरमै नजरबन्द गरेको छ ।

उनलाई भक्तपुरस्थित घरबाट बाहिर निस्किन नदिन प्रहरी टोली खटाइएको छ । नेपाल प्रहरीको विशेष कार्यदल एसटीएफको टोलीले अहिले प्रसाईंको घरलाई वरपरबाट घेरेको छ ।

हिजो बिहीबार बल्खुमा प्रदर्शनपछि प्रसाईंले साँझ पत्रकार सम्मेलन गर्दै आज शुक्रबारदेखि तीनकुनेमा भेला भएर सिंहदरबार र राजनीतिक दलका नेताका घर लक्षित ‘श्रीलंका स्टाइल’ मा आन्दोलन गर्ने उद्घोष गरेका थिए ।

प्रसाईंले तीनकुने क्षेत्रसहित निषेधित क्षेत्रमा समेत प्रदर्शन गर्ने तयारी गरेपछि प्रहरीले उनलाई घरभित्र मात्रै बस्न पाउने गरी नजरबन्द गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस