धनगढी उडेको श्री एयरको इञ्जिनमा आगो देखियो, काठमाडौंमै आकस्मिक अवतरण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर ८, शुक्रबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

मंसिर ८, काठमाडौँ । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको विमानको दाहिने इञ्जिनमा आगो देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।

विमानस्थलका प्रवक्ता सुभाष झाका अनुसार काठमाडौंबाट ६०,६५ किलोमिटर उडेर गइसकेको अवस्थामा दाहिने इञ्जिनमा आगो देखिएपछि काठमाडौं फर्काएर आकस्मिक अवतरण गराइएको हो । ४ः२० बजेतिर सुरक्षित अवतरण गराइएको र यात्रुहरूलाई अर्को जहाजबाट पठाउने तयारी गरिएको झाले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस