सुदूरपश्चिममा आजदेखि उग्रतारा मेला सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर १२, मंगलबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

मंसिर १२, काठमाडौँ । सुदूरपश्चिमको प्रसिद्ध उग्रतारा मेला देहिजाँत आजदेखि सुरु भएको छ । उग्रताराको मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाका दिन वर्षेनी लाग्ने मेलामा डडेल्धुरालगायत सुदूरपश्चिमका श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।

डडेल्धुरा–बैतडी राजमार्गको पश्चिमतर्फ अग्लो रमणीय डाँडामा रहेको उग्रतारा देवीस्थानका बारेमा विभिन्न किंबदन्तीहरु रहेका छन् ।

किसानले हलो जोत्दै गर्दा हलोको फालीमा देवीको शिला अडकिएपछि निरन्तर रगतको धारा बगेको र रोक्ने प्रयास गर्दा देवीले दर्शन दिएको भन्ने भनाइ छ ।

कार्तिक शुक्ल पूर्णिमाका दिन हरेक वर्ष देवीको भव्य पूजाअर्चना गरिने परम्परा बमोजिम मेलाको रुपमा स्थापित भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस