चार प्रदेशमा हल्का वर्षा, हिमाली भू–भागमा हिमपातको सम्भावना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर १३, बुधबार (१ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

मंसिर १३, काठमाडौँ । अहिले देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले देशको कोशी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस