दुर्गा प्रसाईंले आफ्नै नेतृत्वमा समानन्तर सरकार गठन गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर १७, आईतबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर १७, काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईंले आफ्नै नेतृत्वमा समानन्तर सरकार गठन गर्ने उद्घोष गरेका छन् ।

प्रसाईँले मंसिर ३० गतेभित्र नागरिक सरकार घोषणा गरी गाउँदेखि केन्द्रसम्म समानान्तर सत्ताको अभ्यास थाल्ने घोषणा गरेका हुन् । गत मंसिर ७ गतेबाट सुरु गरिएको आन्दोलनको औचित्य पुष्टि भएको दाबी गर्दै उनले अब जनताका घरघरमा पगेर आन्दोलन अझ सशक्त बनाउने बताए । वैदिक सनातन हिन्दुराष्ट्र र राजसंस्थाको मुद्दालाई स्थापित गराउन थप आन्दोलन गर्ने उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस