नेपाल विकास अनुसन्धान प्रतिष्ठानको विसौँ वार्षिक साधारणसभा सम्पन्न

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० पौष ३, मंगलबार (१ साल अघि)
  • ३२ पटक पढिएको
Post Thumbnail

पुस ३,काठमाडौँ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानको विसौँ वार्षिकसाधारणसभाका अवसरमा आयोजित समिक्षा कार्यक्रममा अनुसन्धान विज्ञहरूले नेपालमा अनुसन्धान पछि त्यसको कार्यान्वयन पक्ष अझ बजबुत हुनुपर्ने कुरामा जोड दिएका छन् । प्राध्यापक डा. राम मनोहर श्रेष्ठले देशमा संकट बढिरहेका बेला संकटबाट मुक्त गराउन अनुसन्धानमूलक संस्थाको बढी महत्त्व रहने कुरामा जोड दिए। उनले अनुसन्धान गर्ने संस्थाले वर्तमानको चित्र मात्रै नभएर भविष्यको बाटो पनि देखाइदिनुपर्ने बताए ।उनले भने, ‘कुनै समय नेपाल खाद्यान्न निर्यात गर्ने देश थियो तर अहिले कुल गार्हस्थ उत्पादनको २० प्रतिशत त आयात गर्दै छौँ । १७ प्रतिशत पेट्रोलियम पदार्थ मात्र आयात गर्छौं । त्यसैले समस्या देखाउने भन्दा पनि समाधानमुखी अनुसन्धान आवश्यक छ।’

डा. रुद्र सुवालले प्राप्त आधिकारिक तथ्यांकलाई पनि प्रयोग गरेर अनुसन्धान कार्यलाई मितब्ययी बनाउन सकिने कुरामा जोड दिए। उनले भने -‘राष्ट्रिय महत्वका विषयलाई अनुसन्धानको प्राथमिकतामा राखिनुपर्छ ।’ प्राध्यापक डा. माधव प्रसाद पोखरेलले राज्यले नै अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्ने र अनुसन्धानबाट प्राप्त निचोडलाई विकासको मूलधारमा जोडिनुपर्ने कुरामा जोड दिए। डा. कृष्ण पहारीले घटिमा २० वर्षको दीर्घकालीन योजना बनाएर अनुसन्धान र कार्यन्वयनलाई जोड दिन सके आगामी पुस्ताका लागि पनि त्यसको महत्व रहने बताए ।

कार्यक्रममा डा.अर्जुन कार्की,इन्जिनियर गणेश शाह,डा. मन्जेश्वरी सिंह,डा.शंकर श्रेष्ठ,डा.जगन्नाथ अधिकारी,प्रतिष्ठानका अध्यक्ष डा.नवराज खतिवडाले दुई दशक यता अनुसन्धान,योजना तर्जमा र तिनको कार्यन्वयनमा भएका प्रगति र परिवर्तनका विषयमा धारणा राखेका थिए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संजाल विकास गरेर निरन्तर अनुसन्धानमा लागिरहेको प्रतिष्ठानले अहिले ७० जिल्लमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ३५० अनुसन्धानकर्ता परिचालन गरेर कार्यसम्पादन गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस