सीआईबी प्रमुख किरण बज्राचार्यको सरुवा, श्याम ज्ञवालीलाई जिम्मेवारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र २, शुक्रबार (१ साल अघि)
  • ३१ पटक पढिएको
सीआईबी प्रमुख किरण बज्राचार्यको सरुवा, श्याम ज्ञवालीलाई जिम्मेवारी

चैत्र २,काठमाडौँ । सरकारले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यलाई सरुवा गरेको छ । बज्राचायको ठाउँमा अर्का एआईजी श्याम ज्ञवालीलाई सीआईबी प्रमुख बनाउने निर्णय गरेको मन्त्रिपरिषद्को बैठकपछि सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मन्त्रिपरिषद् बैठकले बज्राचायलाई प्रहरी प्रधान कार्यालय कार्य विभागमा पठाएको छ । सुन तस्करी प्रकरणको अनुसन्धानमा लापर्बाही गरेको भन्दै जाँचबुझ आयोगले बज्राचार्यलाई विभागीय कारबाही गर्ने सिफारिस गरेपछि मन्त्रिपरिषद्ले सीआईबीको नेतृत्व हेरफेर गरेको हो ।

बैठकले सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले दिएको प्रतिवेदन गम्भीररूपमा अध्ययन गरेर कारबाही प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको शर्माले बताइन् ।

अनुसन्धानमा त्रुटि गरेको भन्दै आयोगले सीआईबीका बज्राचार्यसहित चार जना अधिकृतलाई विभागीय कारबाही सिफारिस गरेको छ भने सुन तस्करीसँग जोडिएका माओवादी नेता एवम् पूर्वसभामुख कृष्णबहादुर महरासहित अन्य सात जनालाई मुद्दा चलाउन सिफारिस गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस