त्रिशूलीमा दुई बस बेपत्ता घटनाःनारायणीको किनारमा छैटौँ व्यक्तिको शव फेला

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ ३०, आईतबार (१० महिना अघि)
  • १३१ पटक पढिएको
त्रिशूलीमा दुई बस बेपत्ता घटनाःनारायणीको किनारमा छैटौँ व्यक्तिको शव फेला

असार ३०,काठमाडौँ । चितवनको भरतपुर नगरपालिका–२६ स्थित सिसावारमा थप एक जनाको शव भेटिएको छ । नारायणीको किनारमा पुरुषको शव भेटिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले बताए ।

शवको पहिचान खुलेको छैन । सशस्त्र प्रहरीको नम्बर–१७ गणबाट खटिएको टोलीले शव फेला पारेर स्थानीय प्रहरीलाई बुझाएको छ । छैटौँ शव सिमलतालबाट बेपत्ता भएको दुई वटा डिलक्स बसको भएको आशङ्का गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ । पहिचान र पुष्टि गर्ने प्रयासमा रहेको प्रहरीले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस