पहिरो

सिसुवा खोलामा पहिरोले पुरिएर दुइ जनाको मृत्यु, गम्भीर घाइते एकलाई काठमाडौं ल्याइँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण १, मंगलबार (१० महिना अघि)
  • ३८ पटक पढिएको
Post Thumbnail

साउन १, संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवा खोलामा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले जानकारी दिए ।

पहिरोसँगै खसेको विशाल ढुङ्गाले किचेर ५५ वर्षीया मोतिमाया र उनकी बुहारी समीक्षाको मृत्यु भएको गाउँपालिका अध्यक्ष मेवाहाङले बताए । ढुङ्गाले किचेर २९ वर्षीया रविना राई गम्भीर घाइते भएकी छन् । उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए ।

#पहिरो

ताजा अपडेट

खोजी गर्नुहोस