महान्यायाधिवक्ता

वरिष्ठ अधिवक्ता बडाल फेरि महान्यायाधिवक्ता बन्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २, बुधबार (१० महिना अघि)
  • ९१ पटक पढिएको
वरिष्ठ अधिवक्ता बडाल फेरि महान्यायाधिवक्ता बन्दै

साउन २, काठमाडौँ । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्ता बन्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बडाललाई दोस्रो पटक महान्यायाधिवक्ता नियुक्त गर्न लागेका हुन् ।

प्रधानमन्त्रीले दोस्रो पटक पनि बडाललाई नै चाहेकाले औपचारिक निर्णय हुन बाँकी छ भए पनि सम्भावना उनैको भएको प्रधानमन्त्री निकट स्रोत बताउँछ । सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

यसअघिका महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले सरकार परिवर्तन भएसँगै राजीनामा दिइसकेका छन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा नियुक्त भएका पोखरेलले आइतबार नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै राजीनामा दिएका थिए । राष्ट्रपतिले उनको राजीनामा स्वीकृत गरिसकेका छन् ।

 

#महान्यायाधिवक्ता

ताजा अपडेट

खोजी गर्नुहोस