चिनी आयात

चाडबाडका लागि भारतबाट १९ हजार मेट्रिक टन चिनी ल्याउन सरकारले थाल्यो तयारी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ श्रावण २६, शनिबार (९ महिना अघि)
  • ८६ पटक पढिएको
चाडबाडका लागि भारतबाट १९ हजार मेट्रिक टन चिनी ल्याउन सरकारले थाल्यो तयारी

साउन २६, काठमाण्डौँ । सरकारले १९ हजार मेट्रिक टन चिनी आयात गर्ने तयारी गरेको छ । भारतले नेपालका लागि तोकेको कोटाअनुसार १९ हजार मेट्रिक टन चिनी आयात गर्ने तयारी सरकारले गरेको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी आयात गर्न इच्छुक फर्मरव्यवसायी कम्पनीसँग प्रस्ताव आह्वान गरेको हो ।

यसअघि उद्योग विभागले १० वटा उद्योगी छनोटगरी चिनी खरिद गर्न पत्राचार गरेको थियो ।
भारत सरकारले गत वर्षको दसैँतिहारमा नेपाललाई दिने भनेको २५ हजार मेट्रिक टन कोटाको चिनी गत वर्ष व्यवसायीले ल्याउन सकेका थिएनन् । अहिले बजारमा चिनी अभाव हुन थालेपछि विभागले गत वर्ष भारतले दिने भनेको कोटाको चिनी हाल खरिदका लागि सूचना आह्वान गरेको हो ।

साल्ट ट्रेडिङ कर्पोरेसनका अनुसार दसैँतिहारमा मात्रै कर्पोरेसनमा करिब ३० देखि ३५ हजार मेट्रिक टन चिनीको माग हुने गरेको छ ।
यद्यपि अहिले साल्ट ट्रडिङसँग करिब दुई हजार दुई सय मेट्रिक टन चिनी मौज्दात छ ।

#चिनी आयात

ताजा अपडेट

खोजी गर्नुहोस