पोखरामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र २६, बुधबार (८ महिना अघि)
  • १०९ पटक पढिएको
पोखरामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

भाद्र २६, काठमाण्डौँ । पोखराका एक व्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । पोखरा–८ बगालेटोल बस्ने ४२ वर्षीय जहरसिंह कुँवरले बुधबार खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका हुन् ।

अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भइ बगालेटोल बस्ने कुँवरले ४० वर्षीया श्रीमती राधिका कुँवरको घाँटी र पेटमा खुकुरी प्रहार गरी हत्या गरेका हुन् । मध्याह्न १२ बजेतिर राधिका चिच्याएको आवाज आएपछि घरबेटी गएर हेर्दा जहरसिंहले श्रीमतीलाई खुकुरी प्रहार गरिरहेको भेटेका  थिए । घरबेटीले खबर गरेपछि तत्कालै वडा प्रहरी कार्यालय बैदामको टोलीले जहरसिंहलाई पक्राउ गरी राधिकालाई अस्पताल पुर्‍याएको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा चिकित्सकले १२ः४४ बजे मृत घोषणा गरेको कास्की प्रहरी प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस