भाद्र २७, काठमाण्डौँ । सरकारले एकै पटक १०० वटा गाउँपालिकाहरूमा रिक्त प्रमुख प्रशासकीय अधिकृत पदमा कर्मचारी खटाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार एकै पटक १०० जना शाखा अधिकृतहरूको पदस्थापन गर्दै जिम्मेवारी तोकेको हो ।
पदस्थापन भएकाहरू सबै लोकसेवा आयोगबाट अधिकृतको परीक्षा पास गरेर हालै प्रशासनिक प्रशिक्षण पूरा गरेकाहरू भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।