मौसम

मौसम पूर्वानुमान : पश्चिम नेपालमा वर्षा र हिमपात, दिउँसोसम्म देशका धेरै ठाउँमा पानी पर्ने

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ पौष १३, शनिबार (४ महिना अघि)
  • १७६ पटक पढिएको
मौसम पूर्वानुमान : पश्चिम नेपालमा वर्षा र हिमपात, दिउँसोसम्म देशका धेरै ठाउँमा पानी पर्ने

पौष १३, काठमाण्डौँ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हिउँदे वर्षा शुरू भएको छ । सुदूर र कर्णालीका केही ठाउँमा रातिदेखि हल्का वर्षा भएको हो । अहिले पनि पश्चिमका केही स्थानमा हल्का पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ ।

पानी पार्ने प्रणाली पश्चिमबाट विस्तारै पूर्वतिर सर्दै छ । पश्चिमी न्यून चापीय प्रणालीको कारण आज दिउँसो देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । बेलुकासम्म काठमाडौंसहित देशका धेरै ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।

दिउँसो सुदूरपश्चिम र कर्णालीसहित लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी, बागमती, मधेस र कोशीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पानी परेसँगै चिसो बढ्ने भएकोले सावधानी अपनाउन अनुरोध गरेको छ ।

#मौसम

ताजा अपडेट

खोजी गर्नुहोस