रहेनन् भाषाविद चूडामणि गौतम

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ फागुन १३, मंगलबार (२ महिना अघि)
  • ४० पटक पढिएको
रहेनन् भाषाविद चूडामणि गौतम

फागुन १३, काठमाण्डौँ ।  ‘ग्रामर गुरु’ भनेर चिनिने भाषाविद चूडामणि गौतमको निधन भएको छ । गौतमको ८१ वर्षको उमेरमा सोमबार काठमाडौंमा निधन भएको हो । उनको सोमबार साँझ उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

गौतमले लेखेको अंग्रेजी भाषाको ग्रामर प्रख्यात छ । अंग्रेजी भाषालाई पृष्ठभूमि बनाएका गौतमले पछिल्लो समय नेपाली भाषामा पनि योगदान गरे । गौतमले ०७९ भदौ ११ गते ‘बृहत्तर नेपाली शब्दकोश’ विमोचन गरेका थिए । त्यसअघि गौतमले ‘विवादित वर्णविन्यासको नेपाली शब्दकोष’ पनि सार्वजनिक गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस