चट्याङसहित हल्का वर्षाको सम्भावना

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ १३, मंगलबार (३ हप्ता अघि)
  • ६२ पटक पढिएको
चट्याङसहित हल्का वर्षाको सम्भावना

जेठ १३, काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बंगालको खाडी र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले देशभर मौसम बदली र वर्षा हुने क्रम जारी छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आाज दिउँसो देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । देशको पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना हुने छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना छ ।

यसैगरी राति मधेश, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफादेखि आंशिक बदली रहनेछ । पहाडी भागका केही स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

ताजा अपडेट

खोजी गर्नुहोस