मंसिर २३, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले कीर्तिमानी चौंथो पटक स्वर्ण पदक जितेकी छिन् ।
सातदोबाटोस्थित पौडी पोखरीमा महिलाको १०० मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण जितेकी हुन् । स्वर्ण जित्ने क्रममा गौरिकाले ५८.१३ सेकेण्डको समय निकालिन् ।
भारतकी शिवांगी शर्माले रजत जितिन् ।
योसंगै गौरिकाले एकै सागमा चार स्वर्ण जितेर कीर्तिमान बनाएकी छिन् ।