शीर्ष दुईको होडमा रहेको आरबी लेइप्जिगलाई प्रभावशाली जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ जेष्ठ २०, मंगलबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ २०, काठमाण्डौ । शीर्ष दुईको होडमा रहेको आरबी लेइप्जिगले जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा ४–२ को जित निकालेको छ । आरबीले अवे मैदानमा भएको खेलमा एफसी कोल्नलाई पराजित गरेको हो । पहिलो हाफमा दुई गोल गरेर एक गोल खाएको आरबीले दोस्रो हाफमा पनि दुई गोल गरेर एक गोल खाएको हो ।

आरबीका लागि प्याट्रिक सेकले २० औँ तथा एकुन्कुले ३८ औँ मिनेटमा गोल गरे । त्यसअघि कोल्नका लागि सातौँ मिनेटमा कोर्डोबाले गोल गरेका थिए । यस्तै ५० औँ मिनेटमा टिमो वर्नरले आरबीका लागि तेस्रो गोल गरे । यो सिजन उनले बुण्डेस लिगामा २५ गोल गरिसकेका छन् । ५५ औँ मिनेटमा कोल्नका लागि मोडेस्टले गोल गरे । ५७ औँ मिनेटमा ओल्मोले गोल गरेपछि आरबीले ४–२ को जित निश्चित गरेको हो । जितपछि तेस्रो स्थानमा पुगेको आरबीको २९ खेलबाट ५८ अंक भएको छ । दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुण्डको ६० अंक छ ।

ताजा अपडेट

खोजी गर्नुहोस