जेठ २९, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी ले यसै वर्ष हुने पुरुष टी २० विश्वकपबारे अन्तिम निर्णय अर्को महिना गर्ने भएको छ । यस्तै अर्को वर्ष हुने महिला ओडिआई विश्वकपको निर्णय पनि त्यही समयमा हुने छ । आईसीसीको कार्यकारी अधिकृतको बुधबार बसेको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो ।
विश्वभर अहिले कोरोना महामारीको त्रास रहेकोले अष्ट्रेलियामा हुने पुरुष टी-२० विश्वकपको अन्योलतबारे ठोस निर्णय अर्को महिना गरिने भएको हो ।