च्याम्पियन लिभरपुल सिटीसँग पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ अषाढ १९, शुक्रबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार १९, काठमाण्डौ । सात खेल अगावै इंग्लिस प्रिमियर लिगको च्याम्पियन बनिसकेको लिभरपुल म्यानचेस्टर सिटीसँग पराजित भएको छ । सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा गए राति भएको खेलमा लिभरपुल ४(० को फराकिलो अन्तरले पराजित भएको हो ।

सिटीको जितका लागि केभिन डे ब्रुएन, रहिम स्टर्किङ र फिल फोडेनले एक एक गोल गरे । एक गोल भने आत्मघाती उपहार पाएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई पहिलो हाफमा ३(० गोलको अग्रता दिलाए । उनके ब्रुएनको पासमा गोल गरेका थिए । दोस्रो हाफमा थप एक गोल सिटीले आत्मघाती उपहार पाएको थियो । खेलको ६६ औं मिनेटमा एलेक्स ओक्सल्डे च्याम्बरलेनले आत्मघाती गोल गरेपछि सिटीले ४(० गोलको जित निकालेको हो ।

जितसँगै सिटी ३३ खेलबाट ६६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानाको च्याम्पियन लिभरपुलको समान खेलबाट ८६ अंक छ ।

ताजा अपडेट

खोजी गर्नुहोस