स्पेनिस ला लिगामा एट्लेटिकोको सहज जित, मोलार्का ३-० गोलले पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ अषाढ २०, शनिबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असार २०, काठमाण्डौ । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले सहज जित निकालेको छ । एट्लेटिको मड्रिडले मोलार्कालाई ३–० गोल अन्तरले हराउँदै सहज जित हाँसिल गरेको हो ।

एट्लेटिकोको जितका लागि मोराटाले दुई तथा कोकीले एक गोल गरे । जितसंगै एट्लेटिकोले शीर्ष तीनमा रहने आफ्नो सम्भावनालाई बलियो बनाएको छ ।
जितसंगै मड्रिड क्लब च्याम्पियन्स लिग छनोटको नजिक देखिएको छ । तेस्रो स्थानको उसले ३३ खेलबाट ६२ अंक जोडेको छ । मोलार्का २९ अंक सहित रेलिगेशन जोनमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस