साउन ३, काठमाण्डौ । लीड्स युनाइटेड इंग्लिस प्रिमियर लिगमा बढुवा भएको छ । लीड्स १६ वर्षपछि पुनः शीर्ष लिगमा फर्किएको हो । उसले आउँदो सिजन प्रिमियर लिग खेल्ने भएको छ । च्याम्पियनसिप अन्तर्गत शुत्रबार राति भएको खेलमा हडर्ल्डफिल्ड टाउनसँग वेष्ट ब्रोम २–१ ले पराजित भएपछि शीर्ष स्थानको लीड्सको बढुवा पक्का भएको हो ।
शनिबारको खेलमा ब्रेन्टफोर्डले स्टोक सिटीलाई पराजित नगरेमा लीड्स उपाधि विजेता बन्ने छ।
शनिबारको खेलमा ब्रेन्टफोर्ड विजयी भए पनि आइतबार हुने खेलमा डर्बी काउन्टीसँगको खेलमा एक अंक मात्रै जोड्न सकेमा पनि लीड्सले च्यापियनसिपमको उपाधि जित्ने छ । गएको सिजन च्याम्पियनसिपमा तेस्रो स्थानमा रहेको लीड्स यो पटक शीर्ष स्थानमा रहने लगभग पक्का भएको छ ।