राखेपको सदस्य सचिवमा ३ जनाको नाम सिफारिस : सिलवालले दोस्रोपटक बाजी मार्ने सम्भावना बलियो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ श्रावण ७, बुधबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

साउन ७,काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिवको लागि तीन जनाको नाम सिफारिस भएको छ । मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रिम रानाभाट र इन्दिरा निरौला रहेको सिफारिस समितिले दरखास्त हालेका २७ जनामध्ये बाट तीन जनाको नाम मन्त्रालयसमक्ष सिफारिस गरेको हो ।

समितिले मङ्गलबार अञ्जु श्रेष्ठ, रमेश सिलवाल र लिलबहादुर थापाको नाम सिफारिस गरेको मन्त्रालयले जनाएको छ । समितिले सिफारिस गरेकामध्ये अञ्जु श्रेष्ठ भलिबलकी पूर्वखेलाडी र भलिबलकी अभियन्ता हुन् । लिलबहादुर थापा पूर्वसांसद र अहिले नेकपाका केन्द्रीय सदस्य हुन् ।

रमेश सिलवाल भने राखेपकै पूर्वसदस्य सचिव हुन । कार्यकाल बाँकी रहे पनि नयाँ खेलकुद ऐन कार्यान्वयनमा आएपछि उनी स्वतः पदमुक्त भएका थिए ।

‘सिलवालको सम्भावना धेरै’

सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेपछि अब मन्त्रिपरिषद्को बैठकले एक जनाको नाम छनोट गर्नेछ । यसमा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले प्रधानमन्त्रीलाई दिने सल्लाहले ठूलो भूमिका खेल्नेछ ।

सिफारिस समितिका एक सदस्यका अनुसार तीन जनाको नाममा एक जना महिला हुनै पर्ने भएकाले अञ्जु श्रेष्ठको नाम सिफारिस भएको छ ।

केन्द्रीय सदस्य भएकाले लिलबहादुर थापाको सदस्य सचिव हुने सम्भावना छ तर आफ्नै पार्टीका केन्द्रीय सदस्यलाई नियुक्त गर्दा विवादित हुन सक्नेतर्फ पनि सरकार सचेत रहनेछ ।

सिफारिसमा परेका रमेश सिलवालको सम्भावना धेरै रहेको ती सदस्यले जानकारी दिएका छन् । ‘उहाँ दौडधुपमा पनि लाग्नुभएको छ भन्ने सुनेका छौँ, खेल क्षेत्र बुझेको पनि देखिन्छ, उहाँलाई नियुक्त गर्दा विवाद पनि कम हुने देखिन्छ, मन्त्रीको मनसाय पनि त्यस्तै बुझिन्छ’, उच्च स्रोतले भन्यो।

यद्यपि यो विषय अब प्रधानमन्त्रीकै हातमा पुगेकोले उनको ‘मुड’ अनुसारको निर्णय हुने स्रोतले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस