इंग्लिस प्रिमियर लिग र इएफएलको आउँदो सिजन सेप्टेम्बर १२ देखि सुरु हुने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ श्रावण १०, शनिबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

साउन १०, काठमाण्डौ । इंग्लिस प्रिमियर लिग फुटबल र इंग्लिस फुटबल लिग इएफएल को नयाँ सिजन आउँदो सेप्टेम्बर १२ देखि सुरु हुने भएको छ । आउँदो सिजनको प्रिमियर लिग मे २३ मा सकिने छ । यस्तै च्याम्पियनसिप, लिग वान र लिग टू फुटबलको आउँदो सिजन मे ८ र ९ मा सकिने छ । आउँदो सिजनका प्ले–अफ लाइनल्स मेको अन्तिम हप्ता हुने छन् ।

प्रिमियर लिगको जारी सिजन आइतबार सकिँदैछ । यो सिजनको खेल कोरोना भाइरसको महामारीका कारण तीन महिना रोकिएको थियो । च्याम्पियनसिपको यो सिजन गएको बुधबार सकिएको थियो । यो सिजनका प्ले–अफहरु आउँदो अगस्ट ४ मा सकिने छ ।

यस्तै यो सिजनको च्याम्पियन्स लिगका बाँकी खेलहरु अगस्ट ७ देखि सुरु हुँदैछन्। फाइनल खेल आउँदो अगस्ट २३ मा हुने छ । यस्तै युरोपा लिगका बाँकी खेलहरु अगस्त ५ देखि सुरु भएर फाइनल खेल अगस्ट २१ मा हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस