इटालियन सिरी ए को उपाधि युभेन्टसले हात पार्यो,साम्पडोरियालाई दुई एक गोलले स्तब्ध !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ श्रावण १२, सोमबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन १२, काठमाण्डौ । इटालियन सिरी ए को उपाधि युभेन्टसले जितेको छ । गएराति भएको खेलमा साम्पडोरियालाई दुई एक गोलले हराउँदै युभेन्टसले दुई खेल अगाडि नै लिगको उपाधि जित्न सफल भएको हो ।

टुरिनमा भएको खेलमा युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र फेर्डिको बेरनरडेस्चीले एक एक गोल गरे । योसहित युभेन्टसले लगातार नवौं पटक ‘सिरी ए’ को उपाधि जितेको छ । खेलको पहिलो हाफको इन्जुरी समयमा मिरालेम पजानिकको पासमा रोनाल्डोले गोल गर्न सफल भएका हुन् । जारी सिजनमा ुसिरी एु मा उनको यो ३१ औं गोल थियो ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको युभेन्टसका लागि फेर्डिकोले ६७ औं मिनेटमा दोस्रो गोल गरेका हुन् । खेलको अन्तिम समयमा युभेन्टसले पाएको पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्न सकेनन् । उनको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । त्यसपछि साम्पडोरीया खेलमा फर्कन सकेन र पराजित भयो । ‘सिरी ए’ मा लगातार नौ सिजनसम्म उपाधि जित्ने युभेन्टस पहिलो टिम बनेको छ । युरोपियन लिगहरुमा युभेन्टस लगातार नौ सिजनसम्म उपाधि जित्ने तीन क्लबमा एउटा बनेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस