साउन १४, काठमाडौं । क्यारेबियन प्रिमियर लिग(सीपिएल क्रिकेटमा सन्दीप लामिछानेको सहभागिता निश्चित भएको छ । उनका म्यानेजर रमन सिवाकोटीका अनुसार सन्दीप बिहीबार क्यारेबियन क्रिकेट खेल्न प्रस्थान गर्दैछन् ।
अन्तर्राष्ट्रिय उडान अनिश्चितताका कारण सन्दीपको सीपिएल क्रिकेटमा सहभागिता अनिश्चितजस्तै बनेको थियो । प्रतियोगिता सुरु हनुभन्दा केही साताअघि नै त्यहाँ पुगिसक्नु प्रावधान छ, क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले । सीपिएल अगस्ट १९ तारिखदेखी सुरु हुँदै छ।