नेपाली क्रिकेट टोलीले पहिलो ओडीआई जितेको ऐतिहासिक दिन !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ श्रावण १९, सोमबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

साउन १९, काठमाण्डौ । एकदिवसीय अन्तराष्ट्रिय ओडीआईको मान्यता पाएको साढे चार महीनापछि खेलेको पहिलो श्रृङ्खलाको पहिलो खेलमै हारे पनि दोस्रो खेलमा नेपालले १ रनको ऐतिहासिक जित निकालेको थियो । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले १५ मार्च २०१८ १ चैत २०७४ मा ओडीआई मान्यता दिएको थियो । त्यसको साढे चार महीनापछि मात्र नेपालले १ अगष्ट २०१८ मा पहिलो ओडीआई खेल्ने मौका पाएको थियो ।

दुई वटा ओडीआईको श्रृङ्खला खेल्न नेदरल्याण्ड पुगेको नेपाल पहिलो खेलमा ५५ रनले पराजित भएको थियो । घरेलु टीमविरुद्ध १९० रनको सामान्य लक्ष पनि नेपालले पछ्याउन सकेको थिएन ।
दोस्रो ओडीआई भने नेपालले १ रनले जितेर पहिलो पटक विजयको स्वाद चाख्यो। अन्तिम ओभरमा नेदरल्याण्डलाई जितका लागि मात्र ६ रन आवश्यक थियो । अन्तिम ओभर आफैँ बलिङ गर्दै कप्तान पारस खड्काले ४ रन दिएर एक विकेट लिएपछि नेपाल १ रनले विजयी भयो ।

यो अहिलेसम्मको नेपालको रनका हिसाबले सबैभन्दा साँघुरो जित हो । नेपालले ओडीआईमा पहिलो जित पाएको दिनको सम्झना गर्दै आईसीसीले ट्विट गरेको छ । आईसीसीले पारस खड्का र पारस तथा सोमपाल कामीले खुसी मनाएको दुई वटा तस्वीर पनि राखेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस