चेल्सीमाथि सानदार जित निकाल्दै बायर्न क्वाटरफाइनलमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ श्रावण २५, आईतबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

साउन २५, काठमाण्डौ । इंग्लिस क्लब चेल्सीमाथि फराकिलो जित निकाल्दै जर्मन च्याम्पियन बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान एलिएन्ज एरिनामा शनिबार राति भएको दोस्रो लेगको खेलमा ४–१ को तथा समग्रमा ७–१ को जित निकाल्दै बायर्नले अन्तिम आठमा स्थान पक्का गरेको हो । बायर्नले पहिलो लेगमा ३–० को सहज जित निकालेको थियो ।

बायर्नको फराकिलो जितमा पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीले खुई तथा इभान पेरिसिस र कोरेन्टिन टोलिसोसले समान एक गोल गरे । चेल्सीका लागि टम्मी अब्राहमले एक गोल फर्काए ।
अब बायर्नले सेमिफाइनल प्रवेशका लागि स्पेनिस क्लब बार्सिलोनाको सामना गर्नेछ । बार्सिलोनाले शनिबार राति नै इटालियन क्लब नेपोलीलाई ३–१ ले तथा समग्रमा ४–२ को जित निकाल्दै क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको छ । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस