पीएसजी च्याम्पियन्स लिग फुटबलको फाइनलमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ भाद्र ३, बुधबार (४ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

भाद्र ३, काठमाण्डौ । पेरिस सेन्ट जर्मेन पीएसजी पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । राति भएको खेलमा आरबी लेइप्जिङलाई ३ शून्यले हराउँदै पीएसजी फाइनलमा पुगेको हो । युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो लगानीकर्ता पीएसजीले स्थापनाको लामो समयपछि पहिलो पटक सफलता प्राप्त गरेको हो ।

पीएसजीको जितमा मार्किन्होज, एन्जल डी मारिया र जुआन बर्नाटले एक एक गोल गरे । अब पीएसजीले उपाधिका लागि बायर्न म्युनिख र लियोनबीचको बिजेतासंग प्रतिस्पर्धा गर्नेछ । बायर्न म्युनिख र लियोनको खेल आज राति हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस