भाद्र ८,काठमाडौँ । नेपाली किशोर शाश्वत रानाले वर्ल्ड पाना च्याम्पियनशीपको उपाधि जितेका छन् ।
डेनमार्कको कोपनहेगनमा शनिबार भएको वर्ल्ड पाना च्याम्पियनशीप– २०२० मा १३ वर्षीय रानाले उपाधि जितेका हुन् । एकविरुद्ध एक जना खेलाडी हुने पाना खेल अमेरिका र यूरोपमा स्ट्रिट गेमको रुपमा चर्चित छ । उनले ७ खेल खेलेका थिए । तीन खेलमा ३ पाना (नकआउट) भए भने बाँकी ४ खेल जितेका थिए । खेलमा डेनमार्क दोस्रो र जर्मनी तेस्रो रह्यो ।
वर्ल्ड पाना च्याम्पियनशीप– २०१९ मा उनी तेस्रो भएका थिए ।