पर्यटन व्यवसायी अरुण सिलवाललाई ‘राष्ट्रिय पर्यटन प्रवर्द्धन सम्मान’ प्रदान

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०८० पौष २२, आईतबार (१ साल अघि)
  • १२१ पटक पढिएको
पर्यटन व्यवसायी अरुण सिलवाललाई ‘राष्ट्रिय पर्यटन प्रवर्द्धन सम्मान’ प्रदान

पुस २२,काठमाडौँ । लामो समयदेखि पर्यटनको क्षेत्रमा काम गर्दै आएका गोल्डेन आई ग्रुपका अध्यक्ष एवं कालिञ्चोक दर्शन यात्राको पहिलो दुर अर्गनाईजर अरुणराज उपाध्यय, सिलवाल ‘अग्लेश्वरी हिल्स जीवन्त राष्ट्रिय पर्यटन प्रवर्द्धन सम्मान, २०८०’ बाट सम्मानित भएका छन् ।

पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै अग्लेश्वरी हिल्स विकास कोषले आज काठमाडौँमा एक समारोहबीच उनलाई सम्मान गरेको हो।

उनि विगत दुई दशकदेखि पर्यटन प्रवर्द्धनका क्षेत्रमा सक्रिय छन्। नेपालको पर्यटन प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

काठमाडौँ महानगरपालिका-१४ कलंकी निवासी सिलवाल गोल्डेन आई ग्रुपका म्यानेजिङ डाईरेक्टर समेत हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस