उत्तर कोरियामा कोरोना भाइरसबाट दुई सय सैनिकको मृत्यु !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ चैत्र ३, सोमबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

चैत्र ३, काठमाण्डौ । उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको संक्रमण नभएको दाबी गर्दै आएको छ । उसको छिमेकी देशहरु चीन र दक्षिण कोरियामा भाइरसले भयावह अवस्था ल्याएको छ । रुसमा पनि संक्रमण फैलिएको छ । तर, कम्युनिस्ट शासन रहेको मुलुक उत्तर कोरिया संक्रमण आफ्नो देशमा रहेको मान्न तयार छैन ।

दक्षिण कोरियाको दैनिक एनके न्युज एजेन्सीले उत्तर कोरियामा कोरोना भाइरसको संक्रमणबाट दुई सय सैनिकको मृत्यु भएको खबर प्रशानमा ल्यायो । चार हजारभन्दा बढी मानिसहरु भाइरसको संक्रमणबाट क्वारेन्टाइनमा राखिएको उल्लेख गर्यो । उत्तर कोरियाले कोरोना भाइरसका विरामीलाई फाँसी दिएको विषय पनि नआएको होइन । यसको स्वतन्त्र पुष्टि भने भएको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस