स्पेनको निजी अस्पताल र अन्य स्वास्थ्य संस्थालाई सरकारले नियन्त्रणमा लियो !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ चैत्र ४, मंगलबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैत्र ४, काठमाण्डौ । स्पेनको निजी अस्पताल र अन्य स्वास्थ्य संस्थालाई सरकारले नियन्त्रणमा लिएको बताईएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सिंगो देशबासीलाई होम क्वारेन्टाइनमा राखेको सरकारले निजी अस्पताललाई भने सरकारी स्वास्थ्य निकायको नियन्त्रणमा राख्ने निर्णय गरेको जनाईएको छ ।

स्पेनका स्वास्थ्यमन्त्री साल्भाडोर इल्लाले कोरोना भाइरसविरुद्ध लड्न अघि सारिएको योजनाअनुसार नै यस्तो निर्णय गरिएको बताए । अब आवश्यक परेमा सरकारले निजी अस्पताल खरिद गर्नसक्छ ।स्पेनको सार्वजनिक स्वास्थ्य क्षेत्रलाई बचाइराख्न पनि यो निर्णय निकै महत्वपूर्ण रहेको उनको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस